युरोकपमा सट्टेबाजी गर्ने पाँच पक्राउ
नुवाकोट । युरो कप फुटबल प्रतियोगिता–२०२० का खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा ललितपुरका विभिन्न स्थानबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–५ थसिखेल बस्ने दिप्जल ढुंगाना, सोही महानगरपालिका–२ सानेपा बस्ने आशिष सिंह, सोही महानगरपालिका–११ कोवाहाल बस्ने राजु महर्जन, सोही महानगरपालिका–१६ धापागल बस्ने विनोद महर्जन र सोही महानगरपालिका–१२ टंगाल बस्ने सफिरराज राजकर्णिकार रहेका छन् ।
युरो कप खेलहरुको सामाजिक सञ्जाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलमा बाजी थापी धेरै ठूलो धनराशि हारजित हुने गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले सट्टेबाजीमा प्रयोग भएका मोबाइलहरुसहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरूउपर सट्टेबाजी गर्न नहुने सम्बन्धी कसूर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया