शिक्षणका लागि फ्रि वाइफाइ जडान

विदुर खबर २०७८ असार २७ गते ८:५१

नुवाकोट । अनलाइन प्रणालीमार्फत शिक्षण सिकाइका क्रियाकलाप गर्न सहज होस् भनेर बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले सात ठाउँमा फ्रि वाइफाइ जडान गरेको छ ।

Advertisement

कोभिडको समयमा बालबालिकाहरुलाई अनलाइनमार्फत पठनपाठनमा सहज होस् भनेर विद्यालयहरुमा वाइफाइ जडान गरिएको हो । कोरोनाका कारण भौतिक उपस्थितिमा पठनपाठन गर्न नसकिएपछि बालबालिकालाई अनलाइन माध्यबाट पठनपाठनमा सहज होस् भनेर निःशुल्क वाइफाइ सेवा सञ्चालन गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिनुभयो ।

मणिलेक मावि गुरुखोला, निङ्गलाशैनी मावि देहीमाण्डौं, वीरेन्द्र मावि शाहीलेक, दशरथ आधारभूत विद्यालय गढी, दशरथचन्द मावि सुन्दरखाली र जगदम्बा मावि रानीबुंगामा फ्रि वाइफाइ सेवा सञ्चालन गरिएको हो । यस्तै, गोठलापानी बजारमा पनि फ्रि वाइफाइ सेवा सञ्चालनमा ल्याइएको छ ।

Advertisement

एभरेस्ट वायरलेस इन्टरनेट प्रालिसँग सम्झौता गरेर वाइफाइ जडान गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत टिकेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । ४ लाख ९५ हजारको लागतमा वाइफाइ जडान गरिएको हो ।

दशरथचन्दमा नगरपालिकामा ५२ सामुदायिक, १० संस्थागत विद्यालय रहेका छन् ।

Advertisement

प्रतिक्रिया