ककनीको चिसोधारामा ट्रिपर दुर्घटना, एकको मृत्यु २ घाइते

नुवाकोट÷नुवाकोटको पासङ ल्हामु राजमार्ग अन्र्तगत ककनी गाउँपालीका वडा नं १ चिसोधारा भन्ने ठाँउमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।
मृत्यु हुनेमा सहचालक गोरखा जिल्ला अजिरकोट गाउँपालीका ३ मेखराज गुरुङ रहेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवले विदुर खबरलाई बताए । उनको उपचारको क्रममा मृत्यु भएको हो । ककनीबाट बालुवा लिई काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख ४५३७ नम्बरको ट्रिपर साइट च्यापने क्रममा सडकबाट ३०० मिटर तल्ल खसेको जिल्ला प्रहरी कार्यलय नुवाकोट विदुर खबरलाई बताए ।
त्यस्तै घाइते हुनेमा ट्रिपर चालक नुवाकोटको शिवपुरी गाउँपालीका वडा नं ७ का शेषमान तामाङ, र शिवपुरी गाउँपालीका वडा नं ६ का रोशन तामाङ रहेको प्रहरी प्रमुख कुवरले विदुर खबरलाई बताए । चालक तामाङको दाहिने हात भाचिएको छ भने ट्रिपरमा सवार रोशन तामाङको टाउँकोमा चोट लागेको छ । घाईतेहरुलाई उपचारको काठमाण्डौ ग्रिन सि.टि. होस्पिटल लगिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया