नुवाकोटमा साढे ४ हजारभन्दा बढीले कोरोना जितेर घर फर्किए

विदुर खबर २०७८ असार १७ गते २१:२९

नुवाकोट । नुवाकोटमा झण्डै साढे ४ हजारभन्दा बढी कोरोनामुत्त भएर घर फर्किउका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ५१ जना कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ४ हजार ६ सय ९४ पुगेकको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ६२ पुगेको छ । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ३३ पुगेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।

Advertisement

सक्रिय कोरोना संक्रमितमध्ये ६ सय ७३ जना होम आइसोलेसनमा, ३६ जना आइसोलेसन सेन्टरमा र ३२ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा २० पुरुष र १८ महिलामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा सबैभन्दा बढी विदुर नगरपालिकाका १९ जना रहेका छन् ।

Advertisement

यस्तै बेलकोटगढी नगरपालिकाका ६ जना, पन्चकन्या गाउँपालिकाका ५ जना, लिखु गाउँपालिकाका ४ जना, तारकेश्वर गाउँपालिकाका २ जना, म्यागङ र शिवपुरी गाउँपालिकामा समान एक÷एक जना कोरोना संक्रमित थपिएका छन् ।

नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म २० हजार २ सय ५५ जनाको पिसिआर परिक्षण गरिएको छ ।

 

प्रतिक्रिया