संसद् विघटनविरुद्ध गोरखामा राँके जुलुस

विदुर खबर २०७८ असार १७ गते ८:१६

नुवाकोट । संसद् विघटन र जातीय विभेदका विरुद्ध यहाँका चार विद्यार्थी संगठनले बुधबार साँझ गोरखा सदरमुकाममा राँके जुलुस निकालेका छन् । राँके जुलुस प्रदर्शन रोक्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर घम्साघम्सीसमेत भएको छ।

Advertisement

सदरमुकामको बसपार्कबाट राकेँ जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेको थियो । नाराबाजी गर्दै हरमटारीचोक आएका विद्यार्थीले प्रहरीलाई छल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरे ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र नेपाल–खनाल निकट अनरेरास्ववियुले संयुक्त रुपमा प्रर्दशन गरेका हुन् ।

Advertisement

प्रधानमन्त्री ओलीबाट पटकपटक न्याय मार्ने कोसिस गरेकाले त्यसकाविरुद्ध आन्दोलनमा उत्रनुपरेको नेपाल विद्यार्थी संघका अध्यक्ष सुवास अधिकारीले बताए । जातीय विभेदका घटनामा दोषीलाई कानुनी दायरामा ल्याउन पनि उनले माग गरे ।

पटक–पटकको संसद् विघटनमा प्रधानमन्त्रीलाई साथ दिएको भन्दै विद्यार्थी नेताले राष्ट्रपति विद्यादेवी भण्डारीको पनि आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कदमकाविरुद्ध आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज रामकृष्ण भट्टले बताए ।

Advertisement

 

 

प्रतिक्रिया