भेनेजयुयलाका राष्ट्रपति माडुरो माथि ड्रोन हमला
(एजेन्सी)
भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरो शनिवार हत्या प्रयासबाट जोगिएका छन् । राजधानी काराकासमा सयौं सेना माझ भाषण दिइरहेकोबेला अचानक विस्फोटक पदार्थ बोकको ड्रोन विमानहरुले उनी माथि लक्षित आक्रमण गरेका थिए ।
घटनाकोबेला सो कार्यक्रम सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रशारण भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । यस घटनामा केहि सैनिक घाइते भएका छन् । भाषणकै क्रममा आकासमा विस्फोटको आवाज सुनिएपछि माडुरो र उनकी पत्नी सिलिया फ्लोरेसले आश्चर्य मान्दै माथि हेरेका थिए ।
पछि उनले आफुलाई मार्नै खोजिएक ेबताएक थिए । संचार मन्त्री जोर्ग रोड्रिगुएजले माडुरो नेसनल गार्डको ८१ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा सरिक भइरहेकोबेला स्थानिय समय अनुसार साँझ साढे पाँच बजे सो घटना घटेको पुष्टि गरेका छन् ।
डरले काँप्दै गरेका माडुरोले भेनकाछन् , ‘ मेरा आँखै अगाडि उडिरहेको एउटा वस्तु विस्फोट भयो । मैले त कार्यक्रममको शोभा बढाउन कुनै प्रोटोटेक्निक प्रदर्शन गरिएको भन्ठानेको थिए । त्यसको लगत्तै अर्को विस्फोट भयो । ’
टेलिभिजना फुटेजले माडुरोलाई अंगरक्षकहरुले घटनास्थबाट सुरक्षित ढंगले बाहिर लगेको र पोशाकमा सजिएका सेना घटनास्थलमा तितरवितर भएके देखाएको छ । कोलम्बियाली राष्ट्रपति हुवाँ म्यानुयल सान्तोस लगायत बोगोटा र मायामिमा रहेका कटर दक्षिणपन्थि शत्रुहरुको यसमा हात हुनुपर्ने माडुरोले बताएका छन् ।

यस घटना सम्बन्धमा केहि आशंकित व्यक्तिलाई गिरफतार गरिएको छ । माडुरोेले यसबार ेगम्भीर छानविन हुने बताएका छन् । भेनेजुयलाको सरकारले यस अघि पनि पटक पटक विपक्षी कार्यकर्ताहरुले माडुरो माथि आक्रमणको षडयन्त्र गरिरहेको आरोप लगाउने गरेको थियो ।
महानययाधिवक्ता तारेक विलियम सावले यो आक्रमणको लक्ष माडुरोमा मात्र सिमित नरहेर सम्पुर्ण उच्च पदस्थ सैनिक अधिकृतलाई सखाप पानु रहेको देखिएको प्रतिक्रिया दिएक छन् । तर घटनास्थलमा पुगेका अग्निनियन्त्रकहरुले सरकाको भनाईलाई विवादमा पार्ने खालको टिप्पणी गरेका छन् । तिनीहरुले माडुरोको भाषण भइरहेको स्थान नजिकको एउटा अपार्टमेन्टमा एउटा ग्यास टैंक विस्फोट भएके जनाएक छन् ।
गत वर्ष पनि भनेजुयलामा दैनिक जस्तो विरोध प्रदर्शन भइरहेकोबेला एकजना विद«ोही प्रहरी अधिकारीले एउटा चोरिएको हेलिकोप्टर उडाएर विभिन्न सरकारी कार्यालय भवनहरुमा गि«ेनेड प्रहार गरेका थिए । ओस्कर पेरेज नामक ति व्यक्तिको पछि सुराक्षकर्मिको गोली लागेर मृत्यु भएके थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया