सवारी दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा.भण्डारीको मृत्यु

नुवाकोट । रुपन्देहीको चरङ्गेमा भएको सवारी दुर्घटनामा १ जनको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।
रातीअन्दाजी ९ बजे भएको दुर्घटनामा गुल्मी जिल्ला छत्रकोट १ हुँगाका डा.शंकर प्रसाद भण्डारीको मृत्यु भएको छ भने सोही स्थान घरभई बुटवल बस्दै आएकाथानेश्वर भण्डारी घाईते भएका छन् ।
पूर्व पश्चिम राजमार्गको चरङ्गे चोकबाट २ किलोमिटर उत्तर शंकर भण्डारी आफैले चलाएको बा १७ च ६०६६ नम्बरको कार चरङ्गेको मुढाबासमा कल्भर्टबाट तल खस्दा चालक डा.भण्डारीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो ।
मृतक भण्डारी कांग्रेस केन्द्रीय सदस्यचन्द्र भण्डारीका भाई हुन् । काठमाडौ बस्दै आएका उनी बुवाको वर्षदिनको कर्मकालागि अघिल्लो हप्ता मात्र बुटवल आएका थिए ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. भण्डारी त्रिवि खेलकुद निर्देशनालयका निर्देशक थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया