सवारी दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा.भण्डारीको मृत्यु
नुवाकोट । रुपन्देहीको चरङ्गेमा भएको सवारी दुर्घटनामा १ जनको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।
रातीअन्दाजी ९ बजे भएको दुर्घटनामा गुल्मी जिल्ला छत्रकोट १ हुँगाका डा.शंकर प्रसाद भण्डारीको मृत्यु भएको छ भने सोही स्थान घरभई बुटवल बस्दै आएकाथानेश्वर भण्डारी घाईते भएका छन् ।
पूर्व पश्चिम राजमार्गको चरङ्गे चोकबाट २ किलोमिटर उत्तर शंकर भण्डारी आफैले चलाएको बा १७ च ६०६६ नम्बरको कार चरङ्गेको मुढाबासमा कल्भर्टबाट तल खस्दा चालक डा.भण्डारीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो ।
मृतक भण्डारी कांग्रेस केन्द्रीय सदस्यचन्द्र भण्डारीका भाई हुन् । काठमाडौ बस्दै आएका उनी बुवाको वर्षदिनको कर्मकालागि अघिल्लो हप्ता मात्र बुटवल आएका थिए ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. भण्डारी त्रिवि खेलकुद निर्देशनालयका निर्देशक थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया