पञ्चकन्यामा चोरीमा संलग्नको स्केच सार्वजिनक

विदुर खबर २०७८ असार १५ गते ८:२९

नुवाकोट । पन्चकन्या गाउँपालिकाको वडा नम्बर २ मा रहेको नव संजीवनी माध्यामिक विद्यालयमा भएको चोरीको घटनामा संलग्नको स्केच  तथा भिडियो सार्वजनिक गरिएको छ ।

Advertisement

असार १० गते राति १ः४२ बजे बिद्यालय भित्र प्रवेश गरि आठ वटा ताल्चा फोडि भएको तोडफोडमा संलग्न व्यक्तिको पहिचान हुन नसकेको भन्दै असार १४ गते वसेको विद्यालय व्यवस्थापन समितिको बैठकले तोडफोडमा संलग्न व्यक्तिको सि सि क्यामरामा कैद भएको फुटेज तथा फोटो सार्वजनिक गरिएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कृष्ण मिश्रले बताए ।

सिसि क्यामरामा कैद भएको फोटो र भिडियो ११ गते नै प्रहरीलाई दिएपनि अझैसम्म उक्त तोडफोडमा संलग्न व्यक्तिको पहिचान हुन नसकेको भन्दै घट्नामा संलग्न व्यक्तिको पहिचान गर्न सहज होस भनेर घट्नामा संलग्न ब्यक्तिको फोटो तथा भिडियो सार्वजनिक गरिएको विद्यालय व्यवस्थापन समितिले बताएको छ ।

Advertisement

कोही कसैले फोटो, भिडियोमा देखिएको मान्छे चिनेमा विद्यालय व्यवस्थापन समिति या नजिकैको प्रहरी कार्यालयमा खवर गरिदिनका लागि नव संजीवनी मा वि विद्यालय व्यवस्थापन समितिले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया