खोलाले बगाउँदा दुई जना बेपत्ता
विदुर खबर
२०७८ असार १३ गते ६:५४

नुवाकोट । खोलाले बगाउँदा देशका विभिन्न ठाउँमा शनिबार दुई जना बेपत्ता भएका छन् ।
डोटीको पूर्वीचौकी गाउँपालिकामा दिउँसो स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका–४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु मिजार रहेकी छन् ।
यस्तै दाङको पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । आज दिउँसो साढे २ बजेतिर पत्रेखोला तर्ने क्रममा एक महिला बेपता भएकी हुन् । ती महिलाको परिचय खुल्न नसकेको जनाइएको छ ।
घोरोहीको जितपुरबाट सिउपुर जानकालागि खोला तर्ने क्रममा खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । खोलाले बगाएका दुवैजनाको स्थानीय तथा प्रहरीले खोजी कार्य गरिरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया