नुवाकोटमा ४१ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७८ असार १२ गते १३:०५

नुवाकोट । नुवाकोटमा थप ४१ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७४ जनाको पिसिआर परिक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ४१ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

Advertisement

यस्तै जिल्लाम सक्रिय कोरोना संक्रमितको संख्या ८ सय ५७ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ७ सय ७८ जना होम आइसोलेसनमा, ३२ जना आइसोलेसन सेन्टरमा, ३६ जना अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विदुर नगरपालिकामा १७ जना कोरोना संक्रमित थपिँदा तादी गाउँपालिकामा १३ जना संक्रमित थपिएका छन् ।

Advertisement

यस्तै बेलकोटगढी नगरपालिकामा ६ जना, किस्पाङ, म्यागङमा सामान २÷२ जना र तारकेश्वर गाउँपालिकामा एकजना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।

यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ४ हजार ३ सय ५० पुगेको छ । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट ३४ जनाको ज्यान गइसकेको छ ।

नुवाकोटमा हालसम्म १९ हजार ८ सय १० जनाको पिसिआर परिक्षण गरिएको कार्यालयको भनाइ रहेको छ ।

प्रतिक्रिया