चट्याङ लागेर एकको मृत्यु
विदुर खबर
२०७८ असार १२ गते १२:२२

नुवाकोट । रौतहटको परोहा नगरपालिकामा आज विहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
घर बाहिर बसिरहेको अबस्थामा आज बिहान चट्याङ लागेर परोहा नगरपालिका वडा नम्वर २ जिगडवा वेलविछुवा निबासी ३५ बर्षिय शेख जमसैदको मृत्यु् भएको छ ।
चट्याङ लागेर घाईत भएका जमसैदलाई नजिकै रहेको शिवदर्शन हस्पिटल शुकदेव चौकमा उपचारको लागि भर्ना गएिपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पछिल्लो दुई साता रौतहटमा बर्षा भैरहेको छ । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले जमसैदका चट्याङ लागेर मृत्यु भएको जानकारी दिनु भयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया