२० नगरका इञ्जिनियरलाई मानव मलमूत्रीय फोहर व्यवस्थापन तालिम

विदुर खबर २०७५ साउन २० गते १४:५७
काठमाडौं,  नगरपालिका क्षेत्रमा उत्पन्न हुने मानव मल र मूत्र जन्य फोहर व्यवस्थापन सम्बन्धी तीन दिवसीय तालिम राजधानीमा आइतबार सम्पन्न भएको छ ।
खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संगठन जनस्वास्थ्य इञ्जिनियर समाज( सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स,सोफेन) र वातावरण तथा जनस्वास्थ्य संस्था(इन्भाइरोमेन्ट एण्ड पब्लिक हेल्थ अर्गनाईजेशन, एन्फो) र  ५०० बी सोलुसन प्राा. लिको  संयुक्त आयोजनामा सो तालिम सम्पन्न भएको हो ।तालिममा प्रदेश नं २ का १७, ३ का दुई  र गण्डकी प्रदेशका एक नगरपालिकाका इञ्जिनियरहरुको सहभागिता रहेको जानकारी सोफेनका अध्यक्ष रामदीप साहले दिनुभएको छ
नेपाल इञ्जिनियर्स एशोसिएसन तथा सोफेनका  पूर्व अध्यक्ष किशोर शाक्यले मानव मलमूत्रको व्यवस्थापन राजधानी सहित नेपालका सबै नगरहरुमा ठूलो चुनौतिको रुपमा रहेका उल्लेख गर्नुभयो । उहाँले जनस्वास्थ्यको क्षेत्रका काम गर्ने इञ्जिनियरहरुले यसका व्यवस्थापनका बारमा समयमा राम्रो जानकारी पाएमा नगरमा बन्ने शौचालय, ढल,ढल प्रशोधन केन्द्र र त्यसबाट निसृत हुने पानी तथा मलको सही व्यवस्थापन गरी नगरलाई स्वच्छ राख्न सघाउ पुर्याउन सक्ने बताउनुभयो ।कार्यक्रमको समापन समारोहमा उपस्थित हुनुभएका नेपाल इञ्जिनियर्स एशोसियसनका अध्यक्ष ई हरेराम श्रेष्ठले मानव मल मूत्रको व्यवस्थापन नगरको सफाई,पानीका श्रोत र नदी नालाहरुको स्वच्छता र मानव सभ्यतासंग पनि जोडिएको विषय भएकोले यस क्षेत्रमा काम गर्ने इञ्जिनियरहरुले जनताको स्वास्थ्य सहित सबै विषयलाई  ध्यानमा राखेर योजना तर्जुमा र कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
समापन कार्यक्रममा सोफेनका अध्यक्ष ई. रामदीप साहले जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इन्जिनियरहरुको संस्था भएकोले सोफेनले खानेपानी,  वातावरण र सरसफाईको क्षेत्रमा देश व्यापी अभियान चलाएको बताउनुभयो । उहाँले मानव मलमूत्र व्यवस्थापनको समस्या देशभर देखिएकोले पहिलो चरणमा नगरपालिकाका नेतृत्वलाई यसको गम्भीरताका बारेमा जानकारी दिने गोष्ठी गरिएको र दोस्रो चरणमा यो क्षेत्रमा कार्यरत प्राविधिक इञ्जिनियरहरुलाई यसको सुव्यवस्थापनका बारेमा जानकारी दिन यस्तो तालिम आयोजना गरिएको बताउनुभयो ।तीन दिनसम्म चलेको सो तालिममा इन्फोका इञ्जिनियर विपिन डंगोल, ई. राजेन्द्र श्रेष्ठ,ई. कृष्ण याड.दो, शहरी खानेपानी तथा सरसफाई आयोजनाका ई.हरिप्रसाद शर्मा,ई.संजय अधिकारी,र्इंंं.रितुराज भण्डारी,ई.राममणि शर्मा रई.सुदर्शन भण्डारी,ई. मिड.मा शेर्पा र ई. किरण दर्नालले स्रोत व्यक्तिको रुपमा तालिम दिनुभएको थियो । तालिमका क्रममा उपत्यकाका ढल प्रशोधन केन्द्रको स्थलगत अवलोकन भ्रमण पनि गराइएको थियो ।

प्रतिक्रिया