चट्याङ लागेर स्याङ्जामा एकको मृत्यु
विदुर खबर
२०७८ असार ११ गते १५:२४

नुवाकोट । चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु भएको छ ।
आज बिहान ५:३० बजे परेको चट्याङका कारण अर्जुन चौपारी गाउँपालिका २ घडेरीका १५ बर्षिया रोहित गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
मृत्युकको कोठामा मोबाइल चार्ज गरेको अवस्थामा फेला परेको छ भने उक्त मोबाइल समेत फुटेको अवस्थामा छ ।
खराव मौसममा मोबाइल चार्ज गरेकै कारण चट्याङ परेको हुनसक्ने अनुमान गरिएको भएपनि यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया