नगरसभामा विवाद हुँदा हवाई फायर
नुवाकोट । रौतहटको मौलापुर नगरपालिका नगरसभा चलिरहँदा भएको विवादले झडपको रुप लिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २३ राउन्ड अश्रुग्यास र १४ राउन्ड हवाई फायर गरेको छ ।
झडपमा एक प्रहरी र दर्जनौं प्रर्दशनकारी घाईते भएका छन । दोहोरो झडपले गर्दा मौलापुर बजार समेत बन्द गरिएको थियो । प्रहरी उपरिक्षक सिद्धी बिक्रम शाहले झडप नियन्त्रणमा लिइएको बताउनुभएको छ ।
विवाद चर्किंदै गर्दा कडा सुरक्षाका बीच मौलापुर नगरपालिकाको अधिबेशन शुरू गरिएको थियो । नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र माधब नेपाल पक्षका एमाले सहितका दलहरूले नगरसभा भैरहदा विरोध गर्दै जुलुस प्रर्दशन गरेपछि झडप भएको हो ।
नगरसभामा पूर्वमन्त्री प्रभु साहलाई प्रमुख आतिथ्यता ग्रहण गराएकोमा समेत प्रदर्शनकारीहरूको आपत्ति जनाएका थिए ।मौलापुर नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष उपेन्द्रप्रसाद जयसवालले विधि र पद्धतिलाई मिचेर अपारदर्शी तरिकाले नगरसभा गर्न खोजेपछि आफूहरू विरोधमा उत्रिएको बताउनुभयो ।
जसपाका धिरज पटेलले नगरपालिकाभित्र अनियमितता भएको र सोको छानबिन हुनुपर्ने माग गरेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले भने नगरसभाको मिति निर्धारण गर्नु अघि नै चालु आर्थिक वर्षको सम्पूर्ण हिसाब सार्वजनिक गरिसकेको दावी गर्नुभयो ।
उता नगरप्रमुख रीना कुमारी साहले प्रदेश २ मा मौलापुर नगरपालिकाले विकासको गति लिएको दाबी गर्नुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया