नगरसभामा विवाद हुँदा हवाई फायर

नुवाकोट । रौतहटको मौलापुर नगरपालिका नगरसभा चलिरहँदा भएको विवादले झडपको रुप लिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २३ राउन्ड अश्रुग्यास र १४ राउन्ड हवाई फायर गरेको छ ।
झडपमा एक प्रहरी र दर्जनौं प्रर्दशनकारी घाईते भएका छन । दोहोरो झडपले गर्दा मौलापुर बजार समेत बन्द गरिएको थियो । प्रहरी उपरिक्षक सिद्धी बिक्रम शाहले झडप नियन्त्रणमा लिइएको बताउनुभएको छ ।
विवाद चर्किंदै गर्दा कडा सुरक्षाका बीच मौलापुर नगरपालिकाको अधिबेशन शुरू गरिएको थियो । नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र माधब नेपाल पक्षका एमाले सहितका दलहरूले नगरसभा भैरहदा विरोध गर्दै जुलुस प्रर्दशन गरेपछि झडप भएको हो ।
नगरसभामा पूर्वमन्त्री प्रभु साहलाई प्रमुख आतिथ्यता ग्रहण गराएकोमा समेत प्रदर्शनकारीहरूको आपत्ति जनाएका थिए ।मौलापुर नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष उपेन्द्रप्रसाद जयसवालले विधि र पद्धतिलाई मिचेर अपारदर्शी तरिकाले नगरसभा गर्न खोजेपछि आफूहरू विरोधमा उत्रिएको बताउनुभयो ।
जसपाका धिरज पटेलले नगरपालिकाभित्र अनियमितता भएको र सोको छानबिन हुनुपर्ने माग गरेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले भने नगरसभाको मिति निर्धारण गर्नु अघि नै चालु आर्थिक वर्षको सम्पूर्ण हिसाब सार्वजनिक गरिसकेको दावी गर्नुभयो ।
उता नगरप्रमुख रीना कुमारी साहले प्रदेश २ मा मौलापुर नगरपालिकाले विकासको गति लिएको दाबी गर्नुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया