​रसुवाका दुई सय ७५ जनामा मानसिक समस्या

विदुर खबर २०७५ साउन २० गते ११:५७

रसुवा,रसुवाका गाउँ गाउँमा मानासिक स्वास्थ्य समस्या भएकाहरूको संख्या बढेको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालद्वारा आयोजित पत्रकार भेटमा उक्त कुराको जानकारी दिईएको हो ।

Advertisement

जिल्लाभरका विभिन्न स्वास्थ्य चौकीमार्फत मानसिक स्वास्थ्य परामर्श तथा उपचार भईरहेको  केन्द्रका सामाजिक परिचालक रमिता श्रेष्ठलले बताईन् । गतवर्ष २ सय ४९ जना मानसिक समस्या भएका भेटिएका थिए । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार गराउने मध्ये ६५ वर्ष उमेरसम्मकामा समस्या देखिएको छ ।

Advertisement

रिदम न्युरो साईकियाट्रिक अस्पताल, सिएमसी नेपाल र स्थानीय तहको समन्वयमा कार्यक्रम सुरुगर्ने त्रिपक्ष संझौता भएको केन्द्रका विष्णु प्रजापतिले बताए । मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरू प्रति परिवार, समाजमा आनीबानी परिवर्तन हुनश्यक रहेको कार्यक्रममा राजेश कुमार झाले बताए ।

रसुवाका दुई सय ७५ जनामा कडा खाले मानसिक स्वास्थ्य समस्या रहेको र उनीहरूलाई मानोसामाजिक परामर्श र औषधी उपचार भईरहेको छ । यस्ता समस्या भएकाहरूको अधिकार र मानसिक स्वास्थ्य समस्या बारे जनचेतना जगाउन आवश्यक रहेको बताएको छ ।

Advertisement

संस्थाले स्वाबलम्बन समूहमार्फत क्षमता अभिबृद्धि, आजआर्जनमा सहयोग, औषधी उपचार संस्याले रिदम न्युरो साईकियाट्रिक अस्पतालका मानोसामाजिक बिज्ञ डाक्टरद्धारा हरेक महिनाको १५ गते निःशुल्क स्वास्थ्य परिक्षण नियमित रूपमा भईरहेको जनाएको छ ।

प्रतिक्रिया