रसुवाका दुई सय ७५ जनामा मानसिक समस्या
रसुवा,रसुवाका गाउँ गाउँमा मानासिक स्वास्थ्य समस्या भएकाहरूको संख्या बढेको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालद्वारा आयोजित पत्रकार भेटमा उक्त कुराको जानकारी दिईएको हो ।

जिल्लाभरका विभिन्न स्वास्थ्य चौकीमार्फत मानसिक स्वास्थ्य परामर्श तथा उपचार भईरहेको केन्द्रका सामाजिक परिचालक रमिता श्रेष्ठलले बताईन् । गतवर्ष २ सय ४९ जना मानसिक समस्या भएका भेटिएका थिए । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार गराउने मध्ये ६५ वर्ष उमेरसम्मकामा समस्या देखिएको छ ।
रिदम न्युरो साईकियाट्रिक अस्पताल, सिएमसी नेपाल र स्थानीय तहको समन्वयमा कार्यक्रम सुरुगर्ने त्रिपक्ष संझौता भएको केन्द्रका विष्णु प्रजापतिले बताए । मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरू प्रति परिवार, समाजमा आनीबानी परिवर्तन हुनश्यक रहेको कार्यक्रममा राजेश कुमार झाले बताए ।
रसुवाका दुई सय ७५ जनामा कडा खाले मानसिक स्वास्थ्य समस्या रहेको र उनीहरूलाई मानोसामाजिक परामर्श र औषधी उपचार भईरहेको छ । यस्ता समस्या भएकाहरूको अधिकार र मानसिक स्वास्थ्य समस्या बारे जनचेतना जगाउन आवश्यक रहेको बताएको छ ।
संस्थाले स्वाबलम्बन समूहमार्फत क्षमता अभिबृद्धि, आजआर्जनमा सहयोग, औषधी उपचार संस्याले रिदम न्युरो साईकियाट्रिक अस्पतालका मानोसामाजिक बिज्ञ डाक्टरद्धारा हरेक महिनाको १५ गते निःशुल्क स्वास्थ्य परिक्षण नियमित रूपमा भईरहेको जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया