नुवाकोटमा ९७ वर्षिया बृद्धा कोरोनामुत्त भएर घर फर्किइन
विदुर खबर
२०७८ असार ७ गते १९:५८

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाकी ९७ बर्षीया एक वृद्वाले कोभिड– १९ लाई जितेर घर फिर्ता भएकीे छिन् ।
यहि असार १ गते कोरोना पोजेटिभ भएर किस्पाङ गाउँपालिका वडा नम्बर ४ की ९७ बर्षीया सोनाम घलेलाई उपचारको लागि त्रिशुली अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा उपचाररत उनको ूवास्थ्य अवस्था सुधार भई पुन पिसिआर परिक्षण गर्दा उनको पिसिआर नेगेटिभ आएकोले डिस्चार्ज गरिएको त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।
उनको अवस्था सामान्य बनेपछि उनलाई घर पठाइएको डा. पाण्डेले जानकारी दिए ।
९७ वर्षको उमेरमा कोरोना जित्ने घले नुवाकोटको सबैभन्दा बढी उमेरको रहेको अस्पतालले जानकारी दिएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया