स्याङ्जामा थप एक हप्ता निषेधाज्ञा थपियो

नुवाकोट । स्याङ्जामा आउँदो असार १५ सम्मका लागि निषेधाज्ञा बढाईएको छ ।
असार ७ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर असार १५ गते सम्म पुर्याईएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखिे निषेधाज्ञा शुरु भएको हो ।
जिल्लामा निशेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । रातो नम्वरका काडीहरुमा जोर बिजोर प्रणाली शुरु भएको छ। भने बैंक तथा बित्तिय संस्था स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।
औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि १२ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको भएको भन्दै प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत आग्रह गरेको छ ।
स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो । कोरोनाको दोस्रो लहर चलसँगै जिल्लामा हालसम्म ९४ ज्यान गुमाएका छन भने तीर्न हजार ३२ जना संक्रमित मध्ये ३९७ सक्रिय संक्रमित रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया