सप्तरीमा ९ वर्षीया बालिकाको विभत्स हत्या
नुवाकोट । सप्तरीमा नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तत्कालीन तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिए ।
परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर हटेल पूर्वी टोलस्थित फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी शिवानीको हत्या भएको स्थानीयवासीले बताएका छन् ।
प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले घटनास्थल पुगेर अनुसन्धान थालिएको बताए। अनुसन्धानलाई सघाउन तालिम प्राप्त कुकुर मगाइएको प्रहरी उपरीक्षक धमलाले बताए ।
आसपासका खेतमा धान रोप्ने, हलो जोत्नेहरू रहे पनि कसैले केही थाहा नपाएको बताएका छन् । शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया