नुवाकोटमा साढे तीनहजारभन्दा बढी कोरोनामुत्त भएर घर फर्किएका

विदुर खबर २०७८ असार ४ गते २२:३१

नुवाकोट । नुवाकोटमा साढे तीनहजारभन्दा बढी कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या तीनहजारभन्दा बढी पुगेको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ३ हजार ६ सय ९१ पुगेको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ६६ जना कोरोना संक्रमित थपिएका छन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार २४ घण्टामा एकसय ९२ जनाको पिसिआर परिक्षण गर्दा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी सुर्यगढी गाउँपालिकाका मात्र ३२ जना रहेका छन् । यस्तै तारकेश्वर गाउँपालिकाका ११ जना, विदुर नगरपालिकाका ९ जना, पन्चकन्या गाउँपालिकाका ५ जना र किस्पाङ गाउँपालिकामा ४ जना रहेका छन् ।

Advertisement

त्यस्तै म्यागङ र लिखु गाउँपालिकामा समान २ जना थपिँदा तादी गाउँपालिकामा एकजना संक्रमित थपिएका छन् ।

यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार ७१ पुगेको छ । सक्रिय संक्रमितमध्ये ७ सय ७३ जना होम आइसोलेसनमा, आइसोलेसन सेन्टरमा ५८ जना र अस्पतालमा ३८ जना उपचाररत रहेका छन् ।

हालसम्म नुवाकोटमा ३३ जना कोरोना संक्रमितको ज्यान गइसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटमा हालसम्म्म १८ हजार ८ सय ५७ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया