सिन्धुपाल्चोकका पहिरो पिडितलाई बट्टारका दुवालको सहयोग
विदुर खबर
२०७८ असार ४ गते २१:१३

नुवाकोट । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा गएको पहिरोको कारण आएको बाढी पिडितलाई दुवाल ब्रदर्स प्रालिका कार्यकारी निर्देशक रोक्सनमान दुवालले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
बाढी पहिरो पीडितका लागि राहत उपलब्ध गराईरहेको ’हाम्रो टिम नेपाल’ लाई राहत वितरण कार्यमा सहोयोग पुगोस् भन्ने उदेश्यले एकलाख रुपैयाँ आर्थिक सहयोग गरेको दुवालले बताए ।
उनले व्यक्ति स्वयम क्षेतीग्रस्त स्थानमा नपुगे पनि हाम्रो टिम नेपालजस्ता राहत वितरणमा खटिएका हातहरुलाई साथ दिनु उपयुत्त रहेको बताए ।
यस्तै अन्य सहयोगी हातहरुको अपेक्षा रहेको हाम्रो टिम नेपालका संयोजक भिम उपाध्यायले बताए । ्
नेपाल सरकारका पुर्व सचिव समेत रहेका भिम उपाध्याय पछिल्लो समय सामाजिक कार्यमा सक्रिय श्रपमा कार्यरच रहेका छन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया