राकेश शर्माको बायोपिकमा शाहरुख खान

विदुर खबर २०७४ फागुन ७ गते ९:३३

मुम्बई । बलिउडका किंग शाहरुख खानले भारतीय पहिलो अन्तरिक्षयात्री राकेश शर्माको बायोपिकमा मुख्य भुमिका निर्वाह गर्ने भएका छन् । फिल्मको नाम रहेको छ स्यालुट । यही वर्ष सेप्टेम्बरमा फिल्मको केही प्रतिशत सुटिङ हुने भएको छ ।

Advertisement

अहिले शाहरुख हिन्दी फिल्म ‘जिरो’ को प्रमोशनमा ब्यस्त छन् । जिरोमा शाहरुख सँगै कट्रिना कैफ र अनुष्का शर्माले पनि अभिनय गरेका छन् ।

कृही दिनअघि शाहरुख दुई हिरोइनसँगै रिक्सामा घुमेको तस्विर सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । फिल्मको टिजर सार्वजनिक भए लगत्तै फिल्मप्रति दर्शकको उत्साह बढेको छ । यस फिल्ममा शाहरुखले होचो व्यक्तिको भुमिका निर्वाह गरेका छन् ।

Advertisement

प्रतिक्रिया