नेपालले सीधै एसिया कप छनोटको तेस्रो चरणमा
विदुर खबर
२०७८ असार २ गते १८:१८
नुवाकोट । नेपाल चीनमा आयोजना हुने एसियन कप -२०२३ कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ ।
एसियन फुटबल फेडेरेसन (एएफसी) ले परिमार्जन गर्दै बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ ।
एएफसीले बनाएको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौंथो स्थानमा रहेको थियो । नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त भईसकेको छ ।
समूह ‘बी’ मा रहेको नेपालले ६ अंक जोडेको थियो । नेपालले चाईनिज ताईपेलाई दुबै खेलमा हराएको थियो । यस अघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम रहेको थियो ।
तर, एएफसीले बनाएको नयाँ नियमको कारण नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ ।
अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले अफ खेल्ने छन् । प्ले अफमा चाईनिज ताईपे, इन्डोनेसिया, कम्बोडिया र गुआमले खेल्नेछन् । प्ले अफका दुई टोलीले तेस्रो चरणमा स्थान पक्का गर्नेछन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया