पहिरोले पृथ्वीराजमार्ग छिनछिनमै अवरुद्ध
नुवाकोट । मंगलबारदेखि परेको लगातारको वर्षाले पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।
धादिङको बेनिघाट रोराङ– १० जोगीमाराको तिक्राङस्थित चुनढुंगा खानी र जवाङखोलाको खानीबाट आएको लेदोयुक्त पहिरोले काठमाडौंलाई जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।
विगत ४० वर्षदेखि सञ्चालित हेटौंडा सिमेन्टको बुङगा खानीबाट खसेको पहिरोले सोमबार रातिबाटै राजमार्ग अवरुद्ध गरेको थियो ।
सोमबार रातिदेखि नै सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गजुरी धादिङले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट अत्यावश्यक सामग्री लिएर काठमाडौंतर्फ आइरहेको दर्जर्नौं सवारीसाधन बीच बाटोमै रोकिएको प्रहरीले जनाएको छ ।
निषेधाज्ञाले यात्रुबाहक सवारी नचलेको भएपनि मालबाहक ट्रक र निजी सवारीहरु जाममा परेका छन् । पहिरो र लेदो झर्ने क्रम रोकिएको छैन । सडकछिनमै अवरुद्ध हुने सडक विभागको डोजरले छिनमै खुलाउने काम भइरहेको छ ।
बाटो खुलाउँदै सवारी पास गराइरहेको भए पनि यात्रा जोखिमपूर्ण बनेकोले सतर्क रहन प्रहरीले अनुरोध गरेको छ ।
हेटौंडा सिमेन्ट उद्योगको चुनढुंगा खानी सञ्चालनको लापरबाहीका कारण लेदोमाटो र पहिरोले सडक पुरिएको स्थानीयले बताएका छन् ।‘पटकपटक झर्दैछ, पटकपटक डोजरले सफा गरेर एकतर्फी यातायात सञ्चालन गरिरहेका छौं’, जिल्ला प्रहरी उपरीक्षक महेन्द्र खड्काले भने ।
खानी सञ्चालकहरुले ग्रेगान व्यवस्थापन गर्न नसकेपछि यस्तो अवस्था आएको हो । यो वर्षकै पहिलो झरी परिरहेकोले नयाँ खोलिएको ट्रयाक र ग्रामीण सडकहरुमा पनि पहिरो झर्ने सम्भावना बढेकोले सचेत रहन जिल्लास्थित सरोकारवालाले आग्रह गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया