लागूऔषधसहित चार युवा पक्राउ
नुवाकोट । देश निषेधाज्ञामा रहेको बेला इलाममा भने लागू औषध प्रयोगकर्ता र कारोबारी बढेको छ ।
लकडाउनको मौका छोपी कारोवारीले विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधको प्रयोग र कारोबार गरिरहेको पाइएको हो । यसै क्रममा झापासँग समिा जोडिएको इलामको दक्षिणी माई नगरपालिकामा लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले झापातर्फबाट मोटरसाइकलमा दानाबारीस्थित शितलीतर्फ आउँदै गरेका चार जना युवालाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट करीब पाँच ग्राम ब्राउनसुगर फेला पारेको थियो ।
लागूऔषधसहित उनीहरु पक्राउ गरेपछि प्रहरीले उनीहरुले प्रयोग गरेका प्रदेश नम्बर१–०१३प ७२२२ र ना३२प ६९१९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
प्रहरीले माई नगरपालिका ८ का २८ वर्षीय थापा, सोही स्थानका ३० वर्षीय कुविरसिंह तामाङ, सोही नगरपालिका १ का २२ वर्षीय रुपेशकुमार खत्री र वडा नम्बर ३ का २३ वर्षीय सुदीपकुमार दनुवारलाई पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरेपछि लागूऔषध बिक्री गर्ने अन्य गिरोहको पहिचान गरी खोजी गर्ने बाटो खुलेको इलामका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी लालध्वज सुवेदीले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया