काठमाण्डौ उपत्यकामा निषेधाज्ञा खुकुलोः बढ्यो चहलपहल

विदुर खबर २०७८ असार १ गते १२:१३

नुवाकोट । कोरोना भाइरसको दोस्रो चरण शुरु भएपछि १६ बैशाखबाट जारी गरिएको निषेधाज्ञा आज(सोमबार)बाट केही खुकुलो भएको छ

Advertisement

देशका ७७ जिल्ला मध्ये हाल ७५ जिल्लामा निषेधाज्ञा छ । सबैजसो जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल र बजारमा भिडभाड बढेको छ ।

काठमाडौं उपत्यकामा आजबाट तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ । यसैगरी पुस्तक पसलहरु पनि विहान ११ बजेसम्म खुल्नेछन् । यस्तै हार्डवेयर पसलहरु दिउसो चार बजेबाट खोल्न पाइने छ ।

Advertisement

होटल, रेष्टुराँहरुले आजबाट नै टेकअवे सेवा सन्चालन गर्न पाउने छन् भने कृषीजन्य कार्यहरु पनि आजैबाट खुल्ला गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञालाई कृषी र उसत्पादनजन्य कार्यमा सहजताका लागि केही खुकुलो बनाइएको जानकारी दिए । काठमाडौं उपत्यकाकासहित १७ जिल्लामा जारी निषेधाज्ञा ७ असारसम्म थप गरिएको छ ।

Advertisement

गृह मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर, बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा ७ असारसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

गृह मन्त्रालयले असारको दोस्रो सातापछि नीजी सवारी साधनलाई जोरबिवजोर प्रणालीमा शुरु गर्न सकिने जनाएको छ ।

सार्वजनिक सवारी साधन संचालनका लागि भने सम्वन्धित पक्षसँगको बैठकपछि निर्णय लिने सरकारी तयारी छ । स्वास्थ्य मन्त्रालयले सो बारे राय दिएपछि थप निणर्य हुने बताइएको छ ।

प्रतिक्रिया