प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री केशवराज पाण्डेको प्रतिबद्धता
विदुर खबर
२०७८ जेठ ३१ गते १५:२९

नुवाकोट । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रदेश महासंघ कार्यालय हेटौंडामा सोमबार भएको अन्तरक्रियामा मन्त्री पाण्डेले बागमती प्रदेश सरकार प्रदेश समितिसँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन् । उनले आगामी आर्थिक बर्षको बजेटमा प्रदेश महासंघ र संचार क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि बजेट विनियोजन गर्ने बताए ।
उनले संचार क्षेत्रले गर्ने आलोचनाले सरकारका कामलाई सुधार्ने मौका दिने भएकाले आफुले यसलाई सकारात्मक रूपमा लिने बताए । उनले पक्ष वा प्रतिपक्षमा समाचार लेखेको आधारमा कुनै पनि विभेद नहुने बताए । संचारकर्मीहरूलाई लोककल्याणकारी विज्ञापन, फेलोसिप, अध्ययन भ्रमण लगायतका क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत रहेको उनको भनाइ छ । उनले संचारमाध्यमलाई उद्योगको मान्यता दिई अन्य उद्योगले पाउने सुविधा उपभोग गर्ने व्यवस्था मिलाउने बताए ।
मन्त्री पाण्डेले एक सय वाटका रेडियोलाई पनि प्रदेशमै समेट्ने र सुविधा उपलब्ध गराउन दायरा फराकिलो बनाउन चाहेको बताए । उनले सबै खाले संचारमाध्यमलाई समेट्ने बताउँदै अनलाइन पत्रकारितालाई सहयोग गर्ने कामलाई अघि बढाउने प्रतिबद्धता जनाए । प्रदेश सरकारले संचारग्रामको अवधारणालाई अघि बढाउने र संचारसंग सम्बन्धित सबै निकाय एकै स्थानमा रहने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

महासंघ प्रदेश अध्यक्ष शिव देवकोटाले प्रदेश सरकारसंग सहकार्य गर्न तयार गरेको भन्दै लोककल्याणकारी बिज्ञापन, संचारग्राम स्थापना, संचारमाध्यमको प्रवर्द्धन जस्ता काम प्रदेश सरकारबाट हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रदेश महासंघका संस्थापक अध्यक्ष प्रताप विष्टले प्रदेश सरकारले महासंघलाई कार्यालय संचालनका लागि भवन उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै निरन्तर सहकार्यका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा महासंघ प्रदेश उपाध्यक्ष रूपेश दुलाल र सम्झना कार्की,महासचिव कृष्ण सारू मगर, सचिव युवराज पुरी, सदस्य सुदिप शिवाकोटी, मकवानपुर अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष ध्रुव अधिकारी, सहसचिव एमपि शर्मा, मानवी बानियाँ, प्रेस सेन्टर जिल्ला अध्यक्ष अञ्जली थापा लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया