त्रिशुली अस्पतालका लागि पाँच भेन्टिलेटर प्राप्त, भेन्टिलेटरको संख्या ११ पुग्यो

विदुर खबर २०७८ जेठ ३१ गते ११:५७

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालका लागि थप पाँच वटा भेन्टिलेटर प्राप्त हुनेभएको छ ।

Advertisement

अमेरिकाको गार्जिन हेल्थ सिस्टम र अमेरिका नेपाल मेडिकल फाउण्डेसनले त्रिशुली अस्पतालका लागि थप पाँच वटा भेन्टिलेटर उपलब्ध गराउन लागेको हो ।

राष्ट्रिय आविष्कार केन्द्रले ती भेन्टिलेटरको अनुगमन र मर्मतको जिम्मा समेत पाएको छ । डा सन्तोष सापकोटाले सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर भेन्टिलेर काठमाडाैँ पुगेको जानकारी दिनुभएको छ । भेन्टिलेटर चलाउनका लागि अमेरिका नेपाल मेडिकल फाउण्डेसनले तालिम दिनेछ ।

Advertisement

त्रिशुली अस्पतालले पाँच वटा भेन्टिलेटर पाउँदा, मुलुककै जेठो वीर अस्पतालले १० वटा, सिभिल अस्पतालले पाँच वटा, वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानले पाँच वटा, लुम्बिनी प्रादेशिक अस्पतालले पाँच वटा, टीकापुर अस्पतालले पाँच वटा, मेची अस्पतालले पाँच वटा, नारायणी अस्पतालले पाँचवटा र पोखरा एकेडेमि हेल्थ साइन्सेजले पाँचवटा भेन्टिलेटर प्राप्त गर्दैछन ।

योसँगै त्रिशुली अस्पतालमा भेन्टिलेटरको संख्या ११ पुगेको छ । नुवाकोट, धादिङ र रसुवाका नागरिकले उपचार पाउने अस्पतालमा पछिल्लो समय विरामीको चाप पनि निकै बढेको छ ।

Advertisement

प्रतिक्रिया