भारतको नयाँ दिल्लीमा लकडाउन थप खुकुलो
नुवाकोट । दिल्ली मुख्यमन्त्री अरविन्द केजरीवालले नयाँ दिल्लीको लकडाउनलाई थप खुकुलो बनाउने घोषणा गरेका छन्। उनले एक साता परीक्षणको रुपमा लकडाउन खुकुलो बनाएपनि संक्रमण बढेमा कडा कदम उठाउन सक्ने समेत बताए।
यो सोमबारदेखि कार्यान्वयनमा आउनेछ। उनका अनुसार पसल, मल र रेष्टुरेन्ट खुल्ला गर्न दिने बताए। पसल विहान १० बजेदेखि ८ बजेसम्म खोल्न दिइने केजरीवालले बताए।
रेष्टुरेन्टमा ५० प्रतिशत मात्रै राखेर सेवा दिन पाउने प्रावधान लगाएको छ। यसअघि टेकवे र होम डेलिभरी गर्न पाउने व्यवस्था थियो।
अहिलेसम्म जोरविजोरका आधामा पसल खुला थिए। दिल्लीको मेट्रो र सरकारी बस ५० प्रतिशत मात्रै यात्रु राखेर चल्न पाउने छन्। अटो र ट्याक्सीमा दुई जना यात्रु मात्रै बस्न पाउने छन्।
विवाह र अन्तिम संस्कारमा २० जना मात्रै सहभागी हुन पाउने छन्। ब्यांकेट हल, स्पा, जीम, स्वीमिङ पुल, पार्क बन्दनै रहने दिल्ली सरकारले निर्णय गरेको छ।
सिनेमा हल, मल्टिप्लेक्स, इन्टरटेनमेन्ट पार्क बन्द रहनेछ। स्कुल र कलेज पनि बन्द राख्ने दिल्ली सरकारले निर्णय गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया