उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बियो
विदुर खबर
२०७८ जेठ ३० गते १८:४२

नुवाकोट । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच आज बसेको संयुक्त बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो ।
आजको बैठकका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने अनलाइन, होम डेलिभरीका सेवा समेत सञ्चालनमा आउने छन् ।
त्यस्तै, पुस्तक पसल पनि बिहान ११ बजेसम्म खुल्नेछन् ।
सम्बन्धित
प्रतिक्रिया