ट्र्याक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु
विदुर खबर
२०७८ जेठ ३० गते ६:४०

नुवाकोट । बागलुङ नगरपालिका–६ लहरेपिपलमा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
ठक्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमलाकुमारी शर्माको मृत्यु भएको वडासचिव रुद्र केसीले जानकारी दिनुभयो ।
ग१त ६३०३ नंको ट्र्याक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको वडासचिव केसीको भनाइ छ । मृतक शर्मा सोही गाउँको काफलठुटा आधारभूत विद्यालयकी शिक्षिका हुनुहुन्छ ।
प्रहरीले ट्र्याक्टर चालक सुरेश नेपाली र सहचालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया