गत वर्षभन्दा तीन दिन अघि नै भित्रियो मनसुन
विदुर खबर
२०७८ जेठ २८ गते २१:३७
नुवाकोट । नेपालमा गत वर्षभन्दा तीन दिन अघि यस वर्षको मनसुन भित्रिएको छ ।
नेपालमा मनसुन शुरु हुने औसत मिति जुन १३ तारिख मानिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले शुक्रबारबाट नेपालमा मनसुन भित्रिएको जानकारी दिँदै मनसुन भित्रिएका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने योग रहेको छ ।
पूर्वी भेगबाट मनसुन भित्रिएकामा शुक्रबार काठमाडौँलगायत क्षेत्रमा पनि वर्षा भएको छ । देशका सबै भागमा मनसुन फैलन भने अझै दुईदेखि चार दिन लाग्ने प्रक्षेपण मौसमविद्को छ ।
यस वर्ष देशका अधिकांश भागमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् । नेपालमा सामान्यतया चार महिना मनसुन रहन्छ । बढी वर्षाले बाढी र पहिरो निम्तिने तथा जनधनको क्षति हुने खतरा भएकाले त्यसको न्यूनीकरणका लागि अहिलेदेखि नै ध्यान दिन मौसमविद्ले सुझाएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया