नेपाल भित्रियो मनसुन, एक–दुई दिनमा देशभर फैलिने
नुवाकोट । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । औसत मिति जुन १३ अर्थात् जेठ ३० गतेभन्दा दुई दिन अगाडि नै मनसुनको आगमन भएको हो ।
गत वर्ष जुन १२ मा भित्रिएको मनसुन अक्टुबर १२ मा बाहिरिएको थियो । शुक्रबार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन प्रदेश १, प्रदेश २ र बागमती प्रदेशसम्म फैलिएको छ । अबको एक–दुई दिनमा देशैभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए ।
उनका अनुसार आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।
मनसुनको प्रभाव कुन भागमा कस्तो रहन्छ ?
नेपालमा मनसुन बाहिरिने औसत अध्यावधिक अवधि अक्टुबर २ तारिख निर्धारण गरिएको छ । यस वर्ष मनसुन अवधिभर देशका धेरैजसो स्थानमा सरदर भन्दा बढी पानी पर्ने प्रक्षेपण मौसमविदले गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलका अनुसार यस वर्षको मनसुनमा हिमाली भेगमा बढी र पहाडी भेगतिर हिमाली भेगको तुलनामा अलि कम पानी पर्ने सम्भावना छ ।
यस्तै तराईका क्षेत्रमा सरदर वर्षा हुने अनुमान छ । प्रदेश १ को दक्षिण भाग र प्रदेश २ को पूर्वी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना औंल्याइएको छ ।
अंग्रेजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महिनालाई मनसुनको अवधि भनिन्छ । यो अवधिमा अन्य महिनाहरुमा भन्दा बढी पानी पर्छ । नेपालीको मुख्य बाली धान खेती गर्ने बेलामा पर्ने पानीले किसानहरुलाई राहत नै मिल्छ ।
तर अत्यधिक वर्षाले बाढी, डुबान र पहिरोको जोखिम पनि रहन्छ । त्यसैले बाढी, पहिरो र डुबानबाट हुन सक्ने सम्भावित क्षतिबाट जोगिन पूर्व तयारी गरी सतर्कता अपनाउनुपर्ने मौसमविदहरु बताउँछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया