डेढ करोडको जग्गादानपछि कोभिड अस्पताल

विदुर खबर २०७८ जेठ २८ गते ८:२०

नुवाकोट । सामान्य ज्वरो आउँदा समयमै सिटामोलसमेत नपाइने मकवानपुरको विकट गाउँपालिकामा कोरोना संक्रमितको उपचारका लागि अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ ।

Advertisement

स्थानीय एक व्यक्तिले दानमा दिएको करिब डेढ करोड मूल्य पर्ने जग्गामा अस्पताल स्थापना गरिएको हो । अस्पताल बनाउन वडा–५, ठाडेचुरीका हरिबहादुर चेपाङले २३ कठ्ठा जमिन पालिकालाई दान गरेका थिए । अस्थायी कोभिड अस्पताल र १० बेडको स्थायी अस्पताल निर्माण गर्न समथर जमिन नपाएपछि करिब ४८ वर्षीय चेपाङले जग्गादान गर्नुभएको हो ।

ठाडेचुरीमा प्रतिकठ्ठा ८ लाखमा खरिदबिक्री भइरहेको छ । चेपाङले उपचार नपाएर गाउँलेको अकाल मृत्यु नहोस् भनेर अस्पताल बनाउन जग्गा दिइएको बताउनुभयो ।उहाँले जग्गादान नदिएको भए पालिकामा अस्पताल बनाउन सम्भव नै थिएन । उक्त जग्गामा करिब ६५ लाख लागतमा अस्थायी कोभिड अस्पताल निर्माण गरिएको हो । अस्पतालमा कोभिड संक्रमित राखिएको स्वास्थ्यचौकी प्रमुख डा. धनबहादुर खत्रीले बताउनुभयो । अस्पतालमा मंगलबारसम्म ५ संक्रमित छन् ।

Advertisement

वडा नम्बर–५, ठाडेचुरीमा सोमबार जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले अस्पताल उद्घाटन गर्नुभयो । खुलालले कोभिड–१९ को महामारीबाट बच्न र बचाउन सबै सकारात्मक र सतर्क भएर जुट्नुपर्ने बताउनुभयो ।जिससको ५० लाख र पालिकाको १५ लाख बजेटमा २६ बेड, स्टोर र औषधि पसलसहित अस्पताल निर्माण गरिएको हो । अस्पतालमा डाक्टरसहित ५ र प्रत्येक बेडमा अक्सिजन रहेको मल्लले बताउनुभयो ।

पालिकाले स्थान अभावमा विद्यालयमा आइसोलेसन सञ्चालन गरेको थियो । ‘संक्रमितलाई खानासहित अस्पतालमा राख्न थालेका छौं,’ अध्यक्ष मल्लले भन्नुभयो । पालिकाले पालिकाको मुकाम चैनपुरस्थित प्रजा जागृति आधारभूत विद्यालयमा कोभिड–१९ अस्पताल सञ्चालन गरेको थियो ।

Advertisement

प्रतिक्रिया