बेलकोटगढी नगरपालिकाको कार्यालय घेराउ

विदुर खबर २०७८ जेठ २६ गते १६:०२

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ६ का स्थानीयले खेलकुद मैदान निर्माणको लागि दबाव दिन नगरपालिका कार्यालय घेराउ गरेका छन् ।

Advertisement

वडा नं ६ को भौसीकाट्ने चौरमा खेलकुद मैदान निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७७–०७८ का लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको भएपनि नगरपालिकाले अझैसम्म निर्माण सम्झौता गरेको छैन् ।

नेपाली कांग्रेस वडा नं ६ का सभापति रेवतीप्रसाद नेपाल, नेकपा एमाले वडा अध्यक्ष अम्बिका तामाङ, एमाओवादी केन्द्रका वडा अध्यक्ष कमल सुवेदी, झिल्टुङ नेपाल समाजका अध्यक्ष नारायण नेपालसहित सयौ स्थानीयले आज नगरपालिका घेराउँ गरेका हुन ।

Advertisement

खेलकुद मैदान निर्माणका लागि गत माघमा नै नेपाली कांग्रेसका नेता इन्द्रबहादुर लामाको अध्यक्षतमा निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । तर समिति बनेको ५ महिनासम्म पनि नगरपालिकाले निर्माण सम्झौता गरी काम अघि बढाउन कुनै चासो नदेखाएको अध्यक्ष लामाले जानकारी दिए ।

खेलकुदको रकम खेलकुदमै लगाउनुपर्ने अध्यक्ष लामाले बताए । आर्थिक वर्ष सकिन अब करिब एक महिना मात्र बाँकी छ । अझै पनि सम्झौता नगरेर उक्त रकमलाई अन्यत्र रकमान्तर गर्न सक्ने भन्दै स्थानीय रुष्ट छन् ।

Advertisement

नगरप्रमुखले उपभोक्ता समितिमा राजनीतिक उपस्थितलाई हतियार बनाएर विकास निर्माणमा रोक लगाएको आरोप छ ।

प्रतिक्रिया