नुवाकोटमा झण्डै ३ हजार कोरोना संक्रमित कोरोनामुत्त

विदुर खबर २०७८ जेठ २६ गते १४:५६

नुवाकोट । नुवाकोटमा झण्डै ३ हजार जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६२ जना कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या झण्डै ३ हजार पुगेको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा ६२ जना कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या २ हजार ९ सय ९० पुगेको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार एकसय ४४ पुगेको छ ।

यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार ९५ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । सक्रिय कोरोना संक्रमितमध्ये ९ सय ७४ जना होम आइसोलेसनमा, ७४ जना आइसोलेसन सेन्टरमा र ४१ जना अस्पतालमा उपचाररत गरिरहेका छन् ।

Advertisement

नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म २९ जनाको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया