जङ्गली च्याउ खाँदा दुईको मृत्यु
विदुर खबर
२०७८ जेठ २६ गते ११:१५
नुवाकोट । इलामको सन्दकपुर गाउँपालिका वडा नं १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् । दुवैले गत शनिवार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आज मृत्यु भएको तथा जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो ।
वीरमान र उहाँकी पत्नी विष्णुकुमारीलाई समेत विषालु च्याउ खाएका कारण बिरामी भएर बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । उपचारपछि उहाँहरु घर फर्किसक्नुभएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एकल पहलमा त्रिशूलीमाथि झोलुंगे पुल
रेडक्रस र बिदुर नगरपालिका बिच बाढीपीडितको पुनस्र्थापनाका लागि साझेदारी सम्झौता
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै
जुवा खेल्दै गरेका ७ जना साढे ५ लाखसहित पक्राउ
तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सुरु: बृद्धभत्तासँगै थपिएको प्रोत्साहन भत्ताको पहिलो किस्ता वितरण





प्रतिक्रिया