कर्मचारीको पोसाक भत्ता २५ सय रुपैयाँ बढ्यो

विदुर खबर २०७५ साउन १९ गते १:१६

Advertisement

 

काठमाडौं– सरकारले सरकारी कर्मचारीको पोसाक भत्ता वृद्धि गरेको छ। शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्र सेवक कर्मचारीहरुलाई अहिले दिइँदै आएको पोसाक भत्तामा २५ सय रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार कर्मचारीले पोसाक भत्ताबापत १० हजार रुपैयाँ पाउनेछन्। यसअघि पोसाक भत्ता ७ हजार ५ सय रुपैयाँ थियो।

प्रतिक्रिया