उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन
नुवाकोट । बैतडीमा देशद्रोही अभिव्यक्ति दिएको भन्दै बैतडीमा उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ ।
सुर्नया गाउँपालिका–२ स्थित सिउँडे बजारमा आइतबार बेलुका युवाहरूले उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरेका हुन् । पातालभूमेश्वर जागरण मञ्च, नेचुरल अर्गनाइनेजसन, पब्लिक पावरमा आबद्ध युवाहरूले उपप्रधानमन्त्री महतोको पुत्ला दहन गर्दै नाराबाजीसमेत गरेका छन् ।
उनीहरूले राष्ट्रघाती सम्झौता खारेज गर, उपप्रधानमन्त्री महतो मुर्दावाद लगायतका नाराहरू लगाएका थिए । केहीदिन पहिले मात्रै सरकारमा गएका उपप्रधानमन्त्री महतोले देशद्रोही अभिव्यक्ति दिएकाले पुत्ला दहन गरिएको पातालभूमेश्वर जागरण मञ्चका विनोद विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएकाले पुत्ला दहन गरेका हौं ।
’उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन र संविधान हुनुपर्छ भन्ने अभिव्यक्ति दिएपछि अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया