उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन

विदुर खबर २०७८ जेठ २५ गते १४:४९

नुवाकोट । बैतडीमा   देशद्रोही अभिव्यक्ति दिएको भन्दै बैतडीमा उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ ।

Advertisement

सुर्नया गाउँपालिका–२ स्थित सिउँडे बजारमा आइतबार बेलुका युवाहरूले उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरेका हुन् । पातालभूमेश्वर जागरण मञ्च, नेचुरल अर्गनाइनेजसन, पब्लिक पावरमा आबद्ध युवाहरूले उपप्रधानमन्त्री महतोको पुत्ला दहन गर्दै नाराबाजीसमेत गरेका छन् ।

उनीहरूले राष्ट्रघाती सम्झौता खारेज गर, उपप्रधानमन्त्री महतो मुर्दावाद लगायतका नाराहरू लगाएका थिए । केहीदिन पहिले मात्रै सरकारमा गएका उपप्रधानमन्त्री महतोले देशद्रोही अभिव्यक्ति दिएकाले पुत्ला दहन गरिएको पातालभूमेश्वर जागरण मञ्चका विनोद विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएकाले पुत्ला दहन गरेका हौं ।

Advertisement

’उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन र संविधान हुनुपर्छ भन्ने अभिव्यक्ति दिएपछि अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया