नेपालमा सङ्क्रमितभन्दा कोरोनाबाट निको हुने बढी

विदुर खबर २०७८ जेठ २२ गते २२:०३
नुवाकोट ।  पछिल्लो २४ घण्टामा कोरोनाबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १६ हजार ८१४ नमूना परीक्षण गरिएकामा पाँच हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी निको हुनेको सङख्या आठ हजार २४३ छ । यस आधारमा क्रमशः निको हुनेको संख्यामा बढोत्तरी भएको छ ।

Advertisement

मन्त्रालयका अनुसार २४ घण्टामा पिसिआर बिधिबाट ११ हजार ४७१ र इन्टिजेन बिधिबाट पाँच हजार ३४३ नमूना परीक्षण गरिएको थियो । यस्तै, नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६८ जनाको निधन भएको छ ।

हालसम्म कूल सात हजार ७९९ जनाको कोरोनाबाट दुःखद निधन भएको छ । हालसम्म काूल पाँच लाख ८५ हजार १०० कोरोना सङ्क्रमित भएकामा चार लाख ८४ हजार ३७३ जना निको भएका छन् । यस आधारमा कूल निको हुने दर ८२।८ प्रतिशत रहेको छ ।

Advertisement

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १३ हजार १५९ सक्रिय सङ्क्रमित छन् । एक लाख ७८ हजार ६६२ जना निको भएका छन् भने एक हजार ६७६ जनाको निधन भएको छ । यस्तै, भक्तपुरमा तीन हजार ७६७ जना सक्रिय सङ्क्रमित छन् भने १६ हजार ५९४ जना निको हुँदा ३३४ जनाको ज्यान गएको छ ।

ललितपुरमा पाँच हजार ११८ जना सक्रिय सङ्क्रमित रहँदा २९ हजाार ६६ जना निको भइसकेका छन् । कोरोनाबाट जिल्लामा ४७४ जनाको ज्यान गएको छ ।

Advertisement

 

प्रतिक्रिया