खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुन्छ: उपप्रम पौडेल
विदुर खबर
२०७८ जेठ २२ गते ७:५२
नुवाकोट । नवनियुक्त उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुने बताउनुभएको छ ।
पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदबारस्थित अर्थ मन्त्रालयमा पदबहालीपछि अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारका सबै सामथ्र्य लगाइने बताउनुभयो ।
उहाँले कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूलता हटाउँदै आर्थिक पुनरुत्थान र पूर्वनिर्धारित समयमा निर्वाचन गराउन अभिभारा पूरा गरिने बताउनुभयो ।
पदबहालीका क्रममा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सहमति दिनेसम्बन्धी फाइल स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना
स्याङ्जामा ४७ वर्षीय पुरुष मृ*त फेला
आज नवरात्रको सातौं दिन, फूलपाती भित्र्याइँदै
नुवाकोटमा बाढीको कहर: २,७२३ बेपत्ता हुँदा साढे ३ हजार बढीको उद्धार
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा





प्रतिक्रिया