अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने
विदुर खबर
२०७८ जेठ २२ गते ७:५०
नुवाकोट । नेपाललाई संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै अमेरिका सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने निर्णय गरेको जानकारी गराउनुभयो ।
कुन र कति मात्रा खोप दिने भन्ने विज्ञप्तिमा भएको छैन । “कोभिड–१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने घोषणा गर्नु सराहनीय छ । यस सहयोगको घोषणाप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछौँ ।
साथै भविष्यमा नेपाल र नेपालीका तर्फबाट यस किसिमका साथ र सहयोगको अपेक्षा गर्दछौंँ ”, विज्ञप्तिमा भनिएको छ । यसअघि पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अमेरिकाले स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया