जसपालाई खुशी पार्न हटाइए एमालेका तीन मन्त्री हटाइए
विदुर खबर
२०७८ जेठ २१ गते २१:३२

नुवाकोट । जनता समाजवादी पार्टी (जसपा) काे महन्थ ठाकुर समूहलाई सरकारमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका तीन मन्त्रीलाई पदबाट हटाएका छन् ।
भूमीसुधार मन्त्री डा शिवमाया तुम्बाहाम्फे, वनमन्त्री प्रेम आले र महिला मन्त्री जुली महतोलाई पदबाट हटाइएको हो ।
त्यस्तै, उक्त तीन मन्त्रालयमा भुमीसुधारमा लक्ष्मणलाल कर्ण, वनमा एकबाल मियाँ तथा महिला मन्त्रीमा चन्दा चौधरीलाई नियुक्त गरिएको छ ।
नवनियुक्त मन्त्रिहरुले आज साँझ ८ बजे सपथ लिदैँ छन् ।
सम्बन्धित
प्रतिक्रिया