हेटौंडामा थप २ जना कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ जेठ २१ गते १६:१७
कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचार गराइरहेको २ जना पुरुषको बिहीबार राती मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का ४१ वर्ष र हेटौंडा–४ का ७३ वर्षका पुरुष रहेका छन् ।
मृतक दुवै पुरुषमा केही दिनअघि संक्रमण पुष्टि भएको र स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनीहरुको अस्पतालको आइसियुमा भर्ना गरी उपचार भइरहेको थियो ।
योसँगै कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचारका क्रममा २४ जना महिला र ४४ जना पुरुष गरी कुल ६८ जनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया