हेटौंडामा थप २ जना कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ जेठ  २१ गते १६:१७
	
		
	कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचार गराइरहेको २ जना पुरुषको बिहीबार राती मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का ४१ वर्ष र हेटौंडा–४ का ७३ वर्षका पुरुष रहेका छन् ।
मृतक दुवै पुरुषमा केही दिनअघि संक्रमण पुष्टि भएको र स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनीहरुको अस्पतालको आइसियुमा भर्ना गरी उपचार भइरहेको थियो ।
योसँगै कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचारका क्रममा २४ जना महिला र ४४ जना पुरुष गरी कुल ६८ जनाको मृत्यु भइसकेको छ ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया