यूएई सरकारले पठाएको १५० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाण्डौआइपुग्यो
नुवाकोट । यूएई सरकारले नेपाललाई अनुदान स्वरूप दिएको १५० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाण्डौ पुगेको छ ।
यूएईम रहेको नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा यूएई सरकारले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटरसहित ट्रली, मास्कसहित १२ टन स्वास्थ्य सामग्री तथा उपकरणहरू आज आफ्नै विशेष विमानमार्फत नेपाल पठाएको हो ।
कोरोना प्रभावित बिरामी मात्रै नभएर अन्य बिरामीको उपचारमा जीवन रक्षक मानिने बहु उपयोगी एउटा भेन्टिलेटरको मूल्य लगभग २० लाख नेपाली रुपैयाँ पर्ने जनाइएको छ । यूएईको विशेष विमान स्वास्थ्य सामग्री बोकेर बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो । खाडी क्षेत्रमा सरकारी तवरबाट सहयोग पठाउने यूएई पहिलो देश हो ।
अबुधाबीस्थित नेपाली दूतावासले यूएईको परराष्ट्र मन्त्रालयलाई नेपालमा स्वास्थ्य समस्या उत्पन्न हुन लागेकोले यथाशक्य सहयोग गर्न आग्रह गरेपछि यूएई सरकारले सहयोग उपलब्ध गराएको हो ।
यूएईले गएको वर्ष पनि नेपाललाई कोरोना सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा बिरामीको प्रयोजनको लागि भन्दै स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । समस्यामा परेको बखत नेपालीहरूलाई सहयोग गरेको भन्दै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले यूएई सरकारलाई धन्यवाद दिनुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया