यूएई सरकारले पठाएको १५० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाण्डौआइपुग्यो

नुवाकोट । यूएई सरकारले नेपाललाई अनुदान स्वरूप दिएको १५० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाण्डौ पुगेको छ ।
यूएईम रहेको नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा यूएई सरकारले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटरसहित ट्रली, मास्कसहित १२ टन स्वास्थ्य सामग्री तथा उपकरणहरू आज आफ्नै विशेष विमानमार्फत नेपाल पठाएको हो ।
कोरोना प्रभावित बिरामी मात्रै नभएर अन्य बिरामीको उपचारमा जीवन रक्षक मानिने बहु उपयोगी एउटा भेन्टिलेटरको मूल्य लगभग २० लाख नेपाली रुपैयाँ पर्ने जनाइएको छ । यूएईको विशेष विमान स्वास्थ्य सामग्री बोकेर बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो । खाडी क्षेत्रमा सरकारी तवरबाट सहयोग पठाउने यूएई पहिलो देश हो ।
अबुधाबीस्थित नेपाली दूतावासले यूएईको परराष्ट्र मन्त्रालयलाई नेपालमा स्वास्थ्य समस्या उत्पन्न हुन लागेकोले यथाशक्य सहयोग गर्न आग्रह गरेपछि यूएई सरकारले सहयोग उपलब्ध गराएको हो ।
यूएईले गएको वर्ष पनि नेपाललाई कोरोना सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा बिरामीको प्रयोजनको लागि भन्दै स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । समस्यामा परेको बखत नेपालीहरूलाई सहयोग गरेको भन्दै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले यूएई सरकारलाई धन्यवाद दिनुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया