बहुविवाह गर्ने वडासदस्य पक्राउ

विदुर खबर २०७८ जेठ १९ गते २१:२८

नु्वाकोट । तेह्रथुमको आठराई गाउँपालिकामा बहुविवाह गर्ने वडासदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

आठराई गाउँपालिका-६ चुहान डाँडाका वडासदस्य तेज बिक्रम कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो । वडा सदस्य कन्दङवाले अर्को श्रीमती घरमा ल्याएपछि उनकी जेठी श्रीमती विष्णु कन्दङवाले प्रहरीमा जाहेरी दिएपछि नयाँदुलहीसँग उनी प्रकाउ परेका हुन्।

कन्दङवाले गत शनिबार दोस्रो विवाहका लागि अर्कैकी श्रीमती हरीकला आचार्यलाई घरमा भित्र्याएका थिए। वडा सदस्य कन्दङवाका ३ छोरी र १ छोरा गरी ४ सन्तान छन् । हरिकलाका २ छोरा छन् ।

Advertisement

उजुरीपछि कन्दङवा र आचार्यलाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । पक्राउ परेका दुवैलाई म्याद थप गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया