बहुविवाह गर्ने वडासदस्य पक्राउ
विदुर खबर
२०७८ जेठ १९ गते २१:२८
नु्वाकोट । तेह्रथुमको आठराई गाउँपालिकामा बहुविवाह गर्ने वडासदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
आठराई गाउँपालिका-६ चुहान डाँडाका वडासदस्य तेज बिक्रम कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो । वडा सदस्य कन्दङवाले अर्को श्रीमती घरमा ल्याएपछि उनकी जेठी श्रीमती विष्णु कन्दङवाले प्रहरीमा जाहेरी दिएपछि नयाँदुलहीसँग उनी प्रकाउ परेका हुन्।
कन्दङवाले गत शनिबार दोस्रो विवाहका लागि अर्कैकी श्रीमती हरीकला आचार्यलाई घरमा भित्र्याएका थिए। वडा सदस्य कन्दङवाका ३ छोरी र १ छोरा गरी ४ सन्तान छन् । हरिकलाका २ छोरा छन् ।
उजुरीपछि कन्दङवा र आचार्यलाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । पक्राउ परेका दुवैलाई म्याद थप गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया