चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि

विदुर खबर २०७८ जेठ १६ गते ७:४४

एजेन्सी । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

Advertisement

पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे ।

खेलको ४३ औं मिनेटमा हाभर्ट्जले निर्णायक गोल गरेका हुन् । मासन माउन्टको पासमा उनले गोल गरेका थिए । जुन गोल चेल्सीको जितमा निर्णायक बन्यो । यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यस अघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।

Advertisement

 

सिटी भने पहिलो पटक युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता जित्न असफल भएको छ । सिटीले आहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । सिटी यस सिजन पहिलो पटक फाइनल पुगेको हो ।

Advertisement

यस्तै मुख्य प्रशिक्षक थोमस टुचेलले क्लब आएकै सिजन चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल भएका छन् ।जर्मन प्रशिक्षक टुचेलको यो पहिलो च्याम्पियन्स लिग उपाधि समेत हो । तर, टुचेल दुई फरक क्लबबाट लगातार दुई सिजन च्याम्पियन्स लिगको फाइनल पुग्ने पहिलो प्रशिक्षक हुन् ।

गत सिजन जर्मन प्रशिक्षक टुचेलले फ्रेन्च क्लब पीएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्राएका थिए । तर, गत सिजन पीएसजी फाइनलमा बायर्न म्युनिखसँग पराजित भएको थियो ।

प्रतिक्रिया