सरकारी कर्मचारीको तलब २ हजार बढ्यो
नुवाकोट । सरकारले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाएको छ ।
शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बृद्धि भएको घोषणा गरेका हुन्।
अर्थमन्त्री विष्णु पौडेलले आज प्रश्तुत गरेको बजेटमा जेष्ठ नागरिकको भत्तामा ३३ प्रतिसत बृद्धि गरी ४ हजार पुर्याइएको छ । यसअघि ३ हजार पाउँदै आएका जेष्ठ नागरिकले अव ४ हजार पाउने भएका छन । सोको लागी अर्थमन्त्रीले १ खर्व बजेट विनियोजन गरेका छन ।
त्यसैगरी कोरोनाले थला परेको पर्यटन क्षेत्र उकास्नको लागी सरकार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने निर्णय गरेको छ । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत दिने बजेटमार्फत जनाएको छ ।
नेपालमै रासायनिक मल उत्पादन गर्न ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापना गर्ने सरकारले घोषणा गरेको छ । त्यसैगरी सरकारले सरकारी कर्मचारिको तलव २ हजार बढाएको छ ।
उता निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट दिने लोकोप्रिय कार्यक्रम ल्याएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया