काभ्रेमा कोरोनाले २९ दिनमा १ सय ३ जनाको मृत्यु
नुवाकोट । काभ्रेमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या एक सय नाघेको छ ।
वैशाख १६ यता २९ दिनको अवधिमा बिहीबारसम्म १ सय ३ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय, काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
धुलिखेल अस्पताल र शिर ममोरियल अस्पतालमा उपचारका क्रममा ९६ जना, होम आइसोलेसनमा ६ जना र नमोबुद्धस्थित जनक माध्यमिक विद्यालयमा रहेको आइसोलेसनमा एक जनाको मृत्यु भएको हो ।
डा. झाका अनुसारका धुलिखेल नगरपालिकाका २५, बनेपाका १९, पनौतीका ९, मण्डनदेउपुरका ५, नमोबुद्ध नगरपालिकाका ४, रोसी गाउँपालिकाका ४, पाँचखालका ३, बेथानचोक र चौरीदेउराली गाउँपालिकाका २/२ जना र भुम्लु गाउँपालिकाका १ जनाको मृत्यु भएको छ । त्यस्तै धुलिखेल अस्पतालमा उपचार गराएका अन्य जिल्लाका २९ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिएका धुलिखेल अस्पतालको आकस्मिक विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठका अनुसार मृत्यु हुनेमा ज्येष्ठ नागरिक, दीर्घरोगी र अन्य जटिल रोग भएकाहरू बढी छन् ।
जटिल समस्या भएर अन्तिम अवस्थामा मात्रै अस्पताल आउने कारणले संक्रमितको मृत्यु भइरहेको उनले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया