विवेकशील साझाका पूर्वअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य गम्भीर

विदुर खबर २०७८ जेठ १४ गते २०:२५

नुवाकोट । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अवस्था कोभिड-१९ का कारण गम्भीर बनेको भन्दै सहयोग संकलन थालिएको छ।

Advertisement

केही दिनदेखि भेन्टिलेटरमा उपचाररत उनलाई इसिएमओ प्रविधिबाट उपचार गराउनका लागि आर्थिक सहयोग संकलन थालिएको हो। भेन्टिलेटरमा उपचार गराइरहँदा उनको स्वास्थ्यमा त्यति प्रगति नदेखिएको भन्दै चिकित्सकको सल्लाहमा उक्त प्रविधिबाट उपचार गर्न सुझाएका हुन्।

थापा कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए। ह्याम्सले ग्राण्डी अस्पताल रेफर गरेपनि इसिएमओ प्रविधिबाट उपचार गर्नुपर्ने भएपछि मेडिसिटी लगिएको हो।

Advertisement

मेडिसिटी अस्पतालका अस्पतालका आकस्मिक विभागका चिकित्सकहरु डा विजय चौधरी, डा सञ्जय कार्की, पारामेडिक्सहरु रमेश न्यौपाने र बालिगंग शाहीको टोलीले थापालाई मेसिसिटी ल्याएको हो।

इसिएमओ एक प्रकारको मेसिन हो, जसले बिरामीलाई रगत पम्प गरी अक्सिजन गर्ने र यसले मुटु र फोक्सोलाई आराम दिन मद्दत गर्छ। तर, यो उपचार पद्धति साह्रै महंगो भएको भन्दै थापाका शुभचिन्तकले आर्थिक सहयोग संकलन थालेका छन्।

Advertisement

सहयोगका लागि विदेशमा हुने गोफन्डमी र नेपालमा हुनेले आलोक सुवेदीको कुमारी बैंक मैतिदेवी शाखाको खाता नम्बर १९४०१०५०६५४००००१ मा वा खल्ति ९८१०२७६४७३ मा वा इसेवा ९८१०२७६४७३ सहयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया