आर्थिक संकट बढेपछि ललितपुरको शुभतारा स्कुल पूर्णरुपमा बन्द गर्ने निर्णय

नुवाकोट । ललितपुरको लामाटारस्थित शुभतारा विद्यालय पूर्ण रुपमा बन्द हुने भएको छ । आर्थिक संकटको कारण देखाउँदै विद्यालय बन्द गर्न लागिएको हो ।
विद्यालयले विहीबार राति अभिभावकहरुलाई इमेल गरेर विद्यालय पूर्ण रुपमा बन्द हुने औपचारिक जानकारी गराएको छ । गत सोमबार विद्यालयकी संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले विद्यालय बन्द हुने अनौपचारिक रुपमा जानकारी गराएकी थिइन् । उक्त जानकारी पश्चात अभिभावक सहितको भर्चुअल बैठकमा अभिभावकले सकेको सहयोग गर्न तयार रहेको तर विद्यालय बन्द नगर्न अनुरोध गरेका थिए ।
संस्थापक निर्देशक रानीले उक्त बैठकपछि समय मागेकी थिइन् । त्यसपश्चात अभिभावक एवं शिक्षकसहित बसेको बैठकमा पनि शिक्षक एवं अभिभावक सबैले सक्दो सहयोग गर्ने र विद्यालय बन्द नगर्न अनुरोध गरेका थिए ।
अभिभावक र शिक्षकसहित बसेको बैठकपछि राति विद्यालय बन्द गर्ने औपचारिक इमेल आएको अभिभावक डा.उमेश राजोपाध्यायले बताए । कतिपय अभिभावकले शुल्क नतिरेको र त्यही कारण आर्थिक संकट परेको कारण देखाए पनि संस्थापनको जसरी पनि विद्यालय बन्द गर्ने मनसायको कारण बन्द हुन लागेको डा.उमेशको दाबी छ ।
अभिभावकले भने १२ महिनाको बस र खाजाको बाहेक सबै शुल्क तिरेको डा.उमेशको दाबी छ । साथै थपिएको शैक्षिक सत्र वैशाख र जेठको भने निषेधाज्ञाका कारण तिर्न बाँकी रहेको बताए । त्यो शुल्क तिरेर विद्यालयलाई सहयोग गर्ने र विद्यालय बन्द नगर्न अनुरोध गर्दा पनि संस्थापन पक्षले नसुनेको अभिभावक डा.उमेशले गुनासो गरे ।
‘हामी बाँकी रहेको शुल्क पनि तिर्छौं । विद्यालयलाई संकट परेको भए हामी अभिभावक, शिक्षक सहयोग गर्न तयार छौं । विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य जोखिममा नपारौं भनेर अनुरोध गरिरहेका छौं,’ उनले भने, ‘तर संस्थापन एकोहोरो विद्यालय बन्द गराउने पक्षमा देखिन्छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया